सेञ्चुरी बैंकको नयाँ शाखा बुढानिलकण्ठ नगरपालिकामा

  २०७५ साउन ४ गते १३:३८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बुढानिलकण्ठको वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धव प्रसाद खरेलले गरेका छन् ।

यस शाखा पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु सञ्चालनमा रहेका छन् । साथै, बैंकले २ वटा एक्स्टेन्सन काउन्टर तथा १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.