प्रिती चाउचाउ खाँदा एक दर्जन हरियो चुरा सित्तैमा

  २०७५ साउन ३ गते १८:१३     विकासन्युज

काठमाडौं । एशियन थाई फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन प्रिती नूडल्सले “साउनमा हरियो प्रिती खाऊ, हरियो चुराले हात सजाउ” नामक ग्राहक योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई ध्यानमा राखी साउन महिना भरको लागि उक्त योजना ल्याएको हो ।

यस योजना अन्तर्गत साउन महिना भरका प्रत्येक एक कार्टुन हरियो प्रिती चाउचाउको साथमा १ दर्जन हरियो चुरा सित्तैमा पाइनेछन् ।

कम्पनीले साउन महिनालाई मध्यनजर गरि उत्साहपूर्वक यो योजना अघि सारेको हो । साथै, यस वर्ष पनि यस साउन योजनाले ग्राहकहरुलाई उत्साहित बनाउँछ भन्नेमा कम्पनी विश्वस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.