बीमा समितिकाे केही अधिकार खाेस्दै नयाँ एेन, पुराना सीर्इअाेलार्इ फलिफाप, सञ्चालकलार्इ कडार्इ

  २०७५ साउन ३ गते १९:२७     विकासन्युज

काठमाडौं । बीमा कम्पनीका पुराना प्रमुख कार्यकारी अधिकृतहरूका लागि अवसरकाे घण्टी बजेकाे छ । बीमककाे संस्थागत सुशासन निर्देशिका अनुसार दुर्इ कार्यकाल पुरा भर्इ काम गरिरहेकाे कम्पनीबाट विदा लिनु पर्ने दिन नजिकदै गएकाे सीर्इअाेहरूका लागि बीमा एेन २०७५ फलिफापपूर्ण हुने भएकाे छ ।

संसद्मा पेश भएकाे बीमा एेनमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई ८ वर्षसम्म एउटै कम्पनीमा काम गर्न मिल्ने व्यवस्था गरिएकाे छ । त्यसमा ऐन लागू भएपछि मात्रै बीमा कम्पनीहरुमा सीईओहरुको कार्यकाल गणना हुने लेखिएको छ ।

ऐनको मस्यौदामा सीर्इअाेकाे कार्यकाल चार बर्षको हुने र अर्काे एक कार्यकालका लागि पुनः नियुक्त हुन पाउने लेखिएको छ । सो व्यवस्था भने ऐन लागू भएपछि मात्रै कार्यान्वयनमा आउने उल्लेख छ ।

समितिकाे अधिकार कटाैति

प्रस्तावित बीमा एेनमा हाल बीमा समितिले प्रयाेग गर्दै अाएकाे केही अधिकार खाेसेर कम्पनीकाे सञ्चालक समितिलार्इ दिएकाे छ । त्यसमा बीमा कम्पनीका सञ्चालकहरूकाे याेग्यतामा थप कडार्इ गरिएकाे छ भने सीर्इअाेहरूकाे लागि सुविधाजनक व्यवस्था राखिएकाे छ ।

सीर्इअाेकाे याेग्यतामा स्नातकाेत्तर गरेकाे वा स्नातक तह उत्तीर्ण गरेर व्यवथापन क्षेत्रमा १० वर्षकाे अनुभव भए हुने व्यवस्था गरिएकाे थियाे ।

यसअघि सीर्इअाेकाे याेग्यता बीमा समितिले जारी गर्ने संस्थागत सुशासनले निर्धारण गर्दै अाएकाे थियाे । यसका पटक पटक परिवर्तन हुँदा बीमा क्षेत्रमा याेग्यताकाे विषय नै विवादित भएकाे थियाे ।

सीर्इअाे नियुक्ति विधि पनि सजिलाे भएकाे छ । बीमा कम्पनीले अाफ्नाे अावश्यकता अनुसारकाे व्यक्तिलार्इ सीर्इअाे पदमा नियुक्त गरी बीमा प्राधिकरणलार्इ ७ दिनसम्ममा जानकारी दिए पुग्नेछ । हाल सञ्चालक समितिकाे निर्णय बीमा समितिले स्वीकृत गरेपछि मात्र लागू हुने व्यवस्था छ ।

सीर्इअाेकाे तलव सुविधा पनि सञ्चालक समितिले ताेक्न पाउने बनाइएकाे छ । यसअघि सीर्इअाेकाे तलव सुशासन निर्देशिकाले ताेकेकाे मापदण्ड अनुसार वा साधारणासभाले गरेकाे निर्णय अनुसार हुने व्यवस्था थियाे ।

सञ्चालकलार्इ कडार्इ

बीमा कम्पनीकाे सञ्चालक बन्न स्नातक तहसम्म अनिवार्य पढेकाे हुनु पर्नेछ । त्यस्तै उच्च व्यस्थापनमा रहेर पाँच वर्ष काम गरेकाे अनुभव पनि चाहिन्छ । स्नातकाेत्तर तहकाे शिक्षा हासिल गरेकाे व्यक्तिसँग तीन वर्षकाे अनुभव भए पुग्छ । बैंककाे कालाेसूचिमा परेकाे, सेयर काराेबारी, कर बक्याैता बाँकी रहेकाे व्यक्ति बीमा कम्पनीकाे सञ्चालक बन्न पाउने छैन ।

बीमा एेनका धेरै विषय बैंक तथा वित्तीय संस्था सम्बन्धि एेन, राष्ट्र बैंक एेन र बीमककाे संस्थागत सुशासन निर्देशिकामा अाधारित छन् ।

नेपालीलाई विदेशमा बीमा गर्न बाटो खुला गरिदै, अब नेपाली बीमा कम्पनीहरुको विजनेश विदेशी कम्पनीले खोस्ने

स्वास्थ्य बीमा कार्यक्रम प्राधिकरणमा तानिँदै, सञ्चय कोष र नागरिक लगानी कोषले बीमा गर्न नपाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.