राष्ट्रिय वाणिज्य बैंकद्धारा आयोजित रक्तदान कार्यक्रममा ९० जनाले गरे रक्तदान

  २०७५ साउन ३ गते १६:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका छन् । बैंकले आफ्नो २९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित उक्त कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्व अध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेको थिए । त्यस्तै, संघका अध्यक्ष हेमराज सुवेदीले रक्तदाताहरुलाई संघको लागो अंकित टोपी हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल नियमित रुपमा संस्थाको सम्वद्र्धनका अतिरिक्त कर्मचारीहरुको पेशागत हक हितको सवालमा जोडदार रुपमा आवाज उठाउँदै आईरहेको राष्ट्रिय वाणिज्य बैंक भित्रको सबैभन्दा जेठो ट्रेड यूनियन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.