१२औं वार्षिकोत्सवको अवसरमा देवःविकास बैंकले गर्यो रक्तदान कार्यक्रम

  २०७५ साउन ३ गते १३:४१     विकासन्युज

काठमाडौं । देवःविकास बैंक लिमिटेड १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले आफ्नो केन्द्रिय कार्यालय लालदरबारमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ब्लड डोनर्स एशोसियशन नेपाल,काठमाडौं जिल्लाको सहकार्यमा सम्पन्न भएको छ । कार्यक्रममा ५० जनाभन्दा बढीले रक्तदान गरेका छन् । बैंकका कर्मचारीहरु लगायत स्थानीय स्वय्मसेवी रक्तदाताहरुको समेत उत्साहजनक सहभागिता रहेको यस प्रकारका कार्यक्रम आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयहरुमा गरिने कम्पनीले जनाएको छ ।

यसैगरी, सोही अवसरमा बैंकको पहलमा नपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथामन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिनुका साथै मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरिएको बैंकले जनाएको छ ।

सोही अवसर पारेर नुवाकोटको बट्टारमा आयोजित कार्यक्रममा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सामाजिक उत्तरदायित्व अन्तर्गत १ थान फोटोकपी मेशीन र स्क्यानर मेशीन प्रदान गरिएको छ ।

साथै, बैंकले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.