अशोक लेलैण्डले ल्यायो फ्री चेकअप क्याम्प अफर, निःशुल्क वासिङ्गका साथै लेबर शुल्कमा ३० प्रतिशत छुट

  २०७५ साउन ३ गते १३:२३     विकासन्युज

काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड गाडीका आधिकारिक बिक्रेता आइएमई मोटर्सले “मेगा मन्सुन फ्री चेकअप क्याम्प अफर” ल्याएको छ । उक्त अफर अशोक लेलैण्डका १३ आउटलेट्सहरुमा लागु हुने छ ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै फ्री चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टर्समा ५ प्रतिशत छुट, १० प्रतिशत ल्युबमा, ३० प्रतिशत लेबर शुल्क साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

फ्री चेकअप क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरमा निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्परदेखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् ।

यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्य भरी साउन ०२ गतेदेखि साउन ११ गतेसम्म मात्र लागु हुने छ । आईएम ई मोटर्सले यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

यो अवसरमा आइएमई मोटसका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीले देशभर १३ वटा आउटलेटस् खोलेर ग्राहकहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गरिएको प्रतिबद्वता जनाएका छन् । साथै, भविष्यमा उच्च सेवा प्रदान गर्न तत्पर रहने कुरामा आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.