मापदण्ड मात्र बनाएर कर्मचारीको सरुवाः ऊर्जामन्त्री पुन

  २०७५ साउन ३ गते १२:५३     विकासन्युज

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कर्मचारी सरुवा र खटनपटनका लागी मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिवहरु र मातहतका विभागका प्रमुखहरुलाई सरुवाको मापदण्ड बनाउन निर्देशन दिंदै मन्त्री पुनले त्यसपछि मात्र कर्मचारीको सरुवा गर्ने बताएका हुन् । मापदण्ड बनाएर काम काजमा सरुवा गर्ने, मापदण्ड भएपछि पुर्व अनुमान योग्य हुने र यसले वस्तुपरक आधार तयार पार्ने मन्त्री पुनको भनाई छ। कर्मचारीले पनि समान अवसर पाउने वातावरणल हुन्छ ।

भनसुनले काम गर्ने भन्दा पनि सिस्टमले काम गर्ने खालको हुनुपर्छ । त्यसो गर्दा अनुचित लाभ र दबावले पनि काम गर्दैन् । मापदण्ड बनाएर गर्ने सरुवाले कर्मचारीलाई पनि उत्प्रेरित गराउंछ र सबै कर्मचारीको वृद्धि विकासमा समेत सहयोग पुर्याउंछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.