महिला उद्यमशीलता विकास कोषको सीमा १० देखि २५ लाख पुर्याउन माग

  २०७५ साउन २ गते १९:२९     विकासन्युज

काठमाडौं । महिला उद्यमीहरुले महिला उद्यमशीलता विकास कोषको ऋण सीमा बढाउनु पर्ने माग राखेका छन् । उद्यमीहरुले अहिलेको कोषको सीमालाई बढाएर १० लाख देखि २५ लाख पुर्याउनु पर्ने माग राखेका हुन् ।

अहिलेको कोषको सीमा १ लाख देखि ५ लाख रुपैयाँसम्म रहेको छ । महिला उद्यमीले आफ्नो व्यवसाय चुस्त रुपमा सञ्चालन गर्न, कच्चा पदार्थ किन्न, नयाँ प्रवित्रिमा लगानी गर्न र व्यापार विस्तार गर्न आदि कार्यका कोषको सीमा बढाउन बलियो आवाज उठाएका हुन् । जसले प्रभावकारी ढंगबाट रकम उपयोग गरी देशमा रोजगारी श्रृजना बढाउन सक्ने उनीहरुको विश्वास छ ।

नेपाल भरिका उद्यमी महिलाहरुको प्रतिनिधि छाता संस्थाको रुपमा कार्यरत महिला उद्यमी महासंघ नेपालले महिला उद्यमीहरुलाई १ लाख देखि ५ लाख रुपैयाँसम्म ऋण दिँदै आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको संयुक्तपहलमा नेपाल सरकारले ३ वर्षका लागि ६ प्रतिशत ब्याजदरमा सो मात्राको ऋण उपलब्ध गराएको छ । जसले समयमै किस्ता भुक्तानी गर्छन् उनीहरुलाई ब्याजमा १ प्रतिशत छुट दिइने महासंघले जनाएको छ । हालसम्म वितरण भएको जम्मा रकम १५ करोड ७० लाख रुपैयाँ रहेको छ ।

महिला उद्यमशीलता विकास कोष(मउविको) कार्यक्रम वि.स.२०७२ सालमा १० जिल्लाबाट सुरु गरिएको थियो । २०७१/७२ सालमा नेपाल सरकारले २ करोड र कुल १९१ महिला उद्यमीलाई १ करोड ४३ लाख रुपैयाँ ऋण प्रदान गरिएको थियो । २०७२/७३ मा ४ करोड छुट्याइएको थियो । २०७२ सालको भुकम्प पश्चात थप ६ जिल्लाका २२९ महिला उद्यमीलाई २ करोड ७५ लाख ऋण प्रदान गरिएको र २०७३/७४ मा १८ करोड छुट्याइएको महासंघले जनाएको छ ।

त्यसैगरी, महासंघ नेपालले यो कार्यक्रम नेपालका ७७ जिल्लामा नै कार्यान्वयन गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.