साढे ११ अर्बको आईपीओ र एफपीओ निष्कासन गर्न २७ कम्पनीलाई अनुमति, हेर्नुस् सुचीसहित

  २०७५ साउन २ गते १६:३९     मञ्जरी पौडेल

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा विभिन्न २७ कम्पनीले आईपीओ र एफपीओमा निष्कासन गर्न अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले विभिन्न २७ कम्पनीलाई ११ अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत र सिमेन्ट उद्योगले २१ कम्पनीले आईपीओ र ६ कम्पनीले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । यी मध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

सूची हेर्न यसमा क्लिक गर्नुहोस्

आईपीओ निष्कासन गर्नेमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेडलगायत २१ कम्पनी रहेका छन् ।

आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा राधी विद्युत कम्पनी लिमिटेड, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड, कालिका पावर लिमिटेड, पञ्चकन्यमाई हाइड्रोपावर लिमिटेड, युनियन हाइड्रो लिमिटेड, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, आरम्भ माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, माउन्टेन हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् ।

यस्तै, बुटबल पावर कम्पनी लिमिटेड, एनएमबी बैंक, नेपाल बैंक, नेपाल ग्रामीण विकास बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न अनुमति पाएका छन् । यी मध्ये केही कम्पनीले चालु आर्थिक वर्षमा एफपीओ र आईपीओ निष्कासन गर्ने छन् ।

धेरै एफपीओ निष्कासन गर्न अनुमति पाउनेमा अपर तामाकोसी हाइड्रोपावर रहेको छ । तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख र एफपीओमा नेपाल बैंक रहेको छ । बैंकको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.