मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र, निरन्तर चार पटक पाउन सफल

  २०७५ साउन २ गते १६:०३     विकासन्युज

चितवन । इच्छाकामना गाउँपालिका कुरिनटारस्थित मनकामना केबुलकारले चौँथो पटक उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ । केबुलकारले सन् २०१५ देखिनै निरन्तर उक्त प्रमाणपत्र हाँसिल गर्दै आएको छ ।

सेवाग्राहीको मूल्यांकन (रिभ्यू) को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकाले मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको ट्राभल साइट ट्रीप एड्भाइजरले जनाएको छ । केबुलकारले ५ अंकको समग्र मूल्यांकनमा ४.५ (रेटिङ) प्राप्त गरेको छ ।

मनकामना केबुलकारबारे ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्सलगायत देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मूल्याङ्कन गरेका हुन् । ९० जना मूल्याङ्कनकर्तामध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, ३ जनाले औसत, २ जनाले कमजोर र ४ जनाले डरलाग्दो भनी मूल्यांकन गरेका कम्पनीले जनाएको छ ।

मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले ग्राहकको वास्तविक मूल्यांकनका आधारमा यो प्रमाणपत्र पाएको बताएका छन् । साथै, कम्पनीले सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाइरहेको उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.