काभ्रेको धुलिखेलमा करोडौ लगानीमा २ रिसोर्ट बन्दै, रिसोर्टको काम सुरु

  २०७५ साउन २ गते ९:४६     विकासन्युज

काठमाडौं । काभ्रेको धुलिखेलमा निजी लगानीमा १२५ वेडका २ वटा रिसोर्ट बन्ने भएको छ । ओम स्टोन एशिया क्यापिटल नेपाल प्राइभेट लिमिटेडले धुलिखेल नगरपालिका वडा नम्बर ११ स्थित फुलबारीमा २ वटा रिसोर्ट निर्माण गर्न लागेको हो । एउटा रिसोर्ट ६५ र अर्कोको ६० वेड हुने ओम स्टोनले जनाएको छ ।

दुबै रिसोर्ट सञ्चालनमा ल्याउन लगानीकर्ता ओम स्टोनले प्रारम्भीक वातावरणीय प्रभाव मूल्याँकन (आईईई) को काम सुरु गरेको छ । आईईईको कामका लागि प्रकृति कन्सल्टले परामर्शदाताको पमा काम गरिरहेको छ । एउटा रिसोर्टको निर्माण तथा सञ्चालन ओम स्टोन एसिया क्यापिटल र अर्कोको ओम स्टोन एसिया पपर्टिजले गर्ने भएको छ ।

वातावरणीय प्रभाव मूल्याँकनको काम सकिएपछि दुबै रिसर्टको एकसाथ निर्माण कार्य हुने छ । पछिल्लो समयमा होटल तथा रिसोर्टमा लगानी बढ्दै गएको छ । पर्यटकीय क्षेत्रमा होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्दो छ ।

पर्यटक आगमन बढाउन सरकारले सन् २०२० मा नेपा भ्रमण वर्ष मनाउने तयारी गरेको छ । यस्तै सन् १९९८ मा पनि नेपाल भ्रमण वर्ष मनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.