बैंकले बढी ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंकले गर्यो हस्तक्षेप

  २०७५ साउन १ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप संकल उपकरणमार्फत बजारबाट पैसा उठाउदा बैंकले बढी ब्याजदर प्रस्ताव गरेपछि हस्तक्षेप (कटअफ) गरेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरला भएपछि केन्द्रीय बैंकले ९० दिने निक्षेप संकलन उपकरणमार्फत प्रशोचन गर्दा बैंकहरुले ५ प्रतिशत बढी ब्याजदर प्रस्ताव गरेपछि हस्तक्षेप गरेर ३.८ प्रतिशत कायम गरेको छ ।

९१ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर साढे ३ प्रतिशत हारहारीमा रहेका बेला बैंकसंग बढी भएको तरलता उठाउदा धेरै ब्याजदर प्रस्ताव गरेपछि कटअफ गरेको केन्द्रीय बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले बैंकले बढी दर प्रस्ताव गरेपछि यसलाई नियन्त्रण गरिएको जानकारी दिए ।

केन्द्रीय बैंकले अधिक तरलता भएपछि मंगलबार १० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत प्रशोचनका लागि प्रतिस्पर्धा गराउदा ११ बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ४५ करोड रुपैयाँ प्रशोचन गरेको छ । बैंकले ५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेर १० अर्ब २५ करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए ।

सरकारले खर्च बढाएपछि बैंकिङ प्रणालीमा ५९ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । बढी तरलता भएपछि प्रशोचन गर्न केन्द्रीय बैंकले बुधबार पनि ६० दिने निक्षेप उपकरणमार्फत १० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.