आइएमई जनरल इन्स्योरेन्स एक अर्ब बीमा प्रिमियम संकलन गर्न सफल

  २०७५ साउन १ गते १७:४४     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७४।०७५ मा कूल बीमा शुल्क १ अर्ब ९२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठले गत आवमा सो मात्राको बीमा प्रिमियम संकलन सफल भएकोमा खुशी व्यक्त गर्दै उच्च व्यवस्थापन तथा कर्मचारीहरुलाई नयाँ आवको शुभकामना दिएका छन् ।

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको छ । आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने सीईओ श्रेष्ठले जानकारी दिएका छन् ।

साथै, श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.