३० हजार घुस लिएपछि इलेक्ट्रिसियन श्यामकिशोर भगत विरुद्ध मुद्दा दायर

  २०७५ साउन १ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैया, बारामा कार्यरत इलेक्ट्रिसियन श्यामकिशोर भगत विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भगतले ३० हजार घुस लिएको पुष्टि गर्दै मुद्दा दायर गरको हो । भतले राइस मिल स्थापनाका लागि मिटर जडान गर्ने कार्यका लागि सेवाग्राहिसँग घुस मोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइ गएको टोलीले नियन्त्रणमा र्लिएको थियो ।

उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो ३० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय ख बमोजिम कारबाहि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.