मुर्ख म्यारोडोना फेरी प्रशिक्षक

  २०७५ साउन १ गते १७:०९     विकासन्युज

काठमाडौं । फुटबलका बादशाह भनेर चिनिने अर्जेन्टिनाका डिएगो म्यराडोना पुन प्रशिक्षक बनेका छन् । म्याराडोना बेलारुसको डाइनामो ब्रेष्ट फुटबल क्लबको प्रशिक्षक बनेका हुन् ।

यसअघि अर्जेन्टिनाको राष्ट्रिय टोलीको समेत प्रशिक्षक बनिसकेका म्याराडोना ३ वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका हुन् । अर्जेन्टिनाका लागि बिना तलब प्रशिक्षण दिने घोषणा गरेका म्याराोनालाई अर्जेन्टिनाको फुबल एशोसियनले नराखेपछि उनी बेलारुस हानिएका हुन् ।

निजी जहाजबाट बेलारुस पुगेका म्याराडोनालाई समर्थकले भव्य स्वागत गरेका छन् । उनी कारको विशेष प्रकारको कार चढेर नाइनामो क्लबको स्टेडियम पुगेका छन् ।

उनले भनेका छन् -‘मलाई चुनौतिसँग डर छैन, म अझै चुनौति लिन चाहान्छु, म रोकिने पक्षमा छैन अझै धेरै काम बाकी छ ।’
उनी २०१८ सम्म फिफाका ब्राण्ड एम्बेस्टर समेत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.