नयाँ आर्थिक वर्षलाई नेप्सेले देखायो रातो झण्डा, निर्जिवन बीमा समूह दाेहाेराे अंकले ओरालो

  २०७५ साउन १ गते १५:२५     विकासन्युज

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७५/२०७६ साल शुरु भएको दिन नेप्से परिसूचक ८.०५ अंकले घटेर १२०४.३१ अंकमा आइपुगेको छ । कारोबारको शुरुवाती समयमा उकालो लागेको नेप्से बिचमा केही बढ्ने प्रयास गरे पनि अन्तत एकल अंकले ओरालो लागेको छ ।

मंगलबार १५२ कम्पनीका ५ लाख १४ हजार कित्ता सेयर २० करोड ६० लाख रुपैंयाँमा कारोबार भएको छ । नबिल बैंकको सबैभन्दा बढि ५ करोड ८१ लाख रुपैंयाँको कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ ।

उपसूचकहरुमा फाइनान्स, अन्य र ट्रेडिङ समूह सामान्य अंकले बढेका छन् भने बाँकी सबै राताम्मे भएका छन् । मंगलबार(आज)बाटै बीमा समूह छुट्टेर जिवन र निर्जिवन बीमा दुई समूहको नामबाट कारोबार गरेका छन् । दुबै समूह दोहोरो अंकले घटेका छन् । सबैभन्दा बढी निर्जिवन बीमा समूह ८७ अंकले ओरालो लागेको छ । त्यस्तै, जिवन बीमा समूह ७४ अंकले घटेको छ ।

मंगलबार सबैभन्दा बढी रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ६.७६ प्रतिशत कमाएका छन् भने बोटलर्स नेपाल(तराई)का लगानीकर्ताले ५.८२, नेपाल इन्स्योरेन्स कम्पनी ५.७७ र गण्डकी विकास बैंकका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.