अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ घट्दो, नेपालमा के होला ?

  २०७५ साउन १ गते १४:५३     विकासन्युज

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ ओरालो लाग्न थालेको छ । भाउ निरन्तर ओरालो लागेकाले खरिदकर्ताले आगामी दिनमा पेट्रोलियमको भाउ अझ ओरालो लाग्ने अनुमान गरेका हो ।

पछिल्लो ४ कार्य दिनमा पेट्रोलको भाउ घटेर ब्यारेल ८३.७३ डलरबाट घटेर ७९.३१ डलर कायम भएको छ । ४ दिनमै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ प्रतिव्यारेल ४ डलर घटेको फाइनान्सियल एक्सप्रेसले लेखेको छ ।

फाइनान्सियल एक्सप्रेसका अनुसार डिजेलको मूल्य व्यारेलको ८७.७३ बाट घटेर ८२.७२ मा सीमित भएको छ । अन्तर्राष्ट्रिय बजारमा डिजेलको भाउ ५ डलर बढी घटेको छ । यसको परिणाम दिल्लीमा डिजेलको भाउ १४ पैसा घटेर लिटरको ६८.४७ भारु भएको छ । यस्तै पेट्रोलको भाउ ११ पैसा कमीआई लिटरको ७६.८४ पैसा कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले पेट्रोलियमका मूल्यमा कमी आउने भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल १ डलर मूल्य घट्दा भारतमा लिटरमा ५० पैसा भारु घट्ने फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

नेपाल आयल निगम लिमिटेडले पनि इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढी रहेकाले नेपाल आयाल निगमले के गर्न त्यो हेर्न बाँकी छ । नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ डिजेलको ९३ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.