डिजिटल पेमेन्टमा नयाँ सीमा: सेयर किन्दा मोबाइलबाट ५० हजारसम्म भुक्तानी गर्न सकिने

  २०७५ साउन १ गते ११:०९     विकासन्युज

काठमाडौं । अब सेयर खरिद गर्दा मोबाइलबाटै ५० हजारसम्म भुक्तानी गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साउन १ गतेदेखि अनलाईन सेयर कारोबार आरम्भ गरेको छ । अनलाइन सेयर कारोबारमा पेपेन्ट गेटवेको समस्या थियो ।

केन्द्रिय बैंकले अनलाइन सेयर कारोबारको भुक्तानीमा सिमा पाँच हजारबाट बढाएर ५० हजारसम्म पुर्याएको हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक रेवती प्रसाद नेपालले अनलाइन सेयर कारोबारमा साना लगानीकर्ताहरुको हितका लागि सुरुमा ५० हजारसम्मको भुक्तानी सुबिधा उपलब्ध गराएको बताए । ‘डिजिटल पेमेन्टको सुरक्षा व्यवस्थामा कडाई गरिनु आवश्यक छ, सेयर बजारका साना लगानीकर्ताका लागि ५० हजारको सुबिधा दिएका छौं, पछि बढाउँदै लैजान्छौं’, निर्देशक नेपालले भने ।

नेपाल स्टक एक्सचेञ्च(नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबारमा ५० हजारको सिमा तत्कालका लागि थोरै भएको बताए । उनले पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको ५० हजार रुपैंयाको सीमालाई पुर्णतः हटाइनुपर्नेमा पनि जोड दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.