हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’ सम्पन्न

  २०७५ असार ३२ गते १९:१२     विकासन्युज

काठमाडौं । एक महिना अघिदेखि संचालन भएको हिमस्टार फुटवल मेला आधिकारिक रुपमा सम्पन्न भएको छ । यस अफर अन्तर्गत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गरेका थिए ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत निकै धेरै प्रतिक्रिया आएको र धेरै ग्राहहरु यो योजनासँग जोडिएका छन् । यो योजनाको सफलतासँगै कम्पनीले निकट भविष्यमा आफ्ना अमूल्य ग्राहक केन्द्रित योजनाहरु ल्याउने छ ।

हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रा.ली. अन्तर्गतको गोल्छा कम्पनीको भगिनी संस्था हो । विगत २० बर्षदेखि हिम इलेक्ट्रोनिक्सले विभिन्न विद्युतीय सामान उत्पादन गर्दै आफ्ना उपभोक्तामा विक्री वितरण गर्दै आइरहेको छ । यस ब्रान्डको उत्पादन १९९८ देखि नेपाली ग्राहकमाझ निकै चर्चित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.