रोनाल्डोलाई इटालीमा भव्य स्वागत (भिडियोसहित)

  २०७५ असार ३२ गते १९:०१     विकासन्युज

काठमाडौं । पोर्चुगलका स्ट्रार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटाली लागेका छन् । १२० मिलियन युरोमा इटालियन क्लब युभेन्टस्ले अनुबन्ध गरेपछि रोनाल्डो आइतबार इटाली लागेका हुन् ।

उनलाई इटालीमा भव्य स्वागत गरेको छ । उनको समर्थनमा रंगशालामा हजारौं पुगेका छन् । आइतबार नै रोनाल्डोको मेडिकल भैसकेको छ भने केहि दिनमा अभ्यासमा उत्रिने छन् ।

युभेन्टसले रोनाल्डोलाई ४ वर्षका लागि अनुबन्ध गरेको छ । ३३ वर्षिय रोनाल्डोलाई रियल म्यड्रिडले उत्कृट लयमा छदै बेचेको हो । उनले म्याड्रिडमा ९ वर्ष विताएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.