नेपाल बंगलादेश बैंकको नयाँ एटीएम सेवा आइक्यान परिसरमा

  २०७५ असार ३२ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो ५६औं एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको(आइक्यान) परिसरमा उक्त सेवा संचालनमा ल्याएको हो ।

उक्त सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले संयुक्त रूपमा गरेका हुन् । साथै यस एटीएम सेवाबाट सो क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने बैंकले जनाएको छ ।

हाल बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.