गृहमन्त्री ‘बादल’लाई चीन भ्रमणका लागि निमन्त्रणा

  २०७५ असार ३२ गते १८:२१     विकासन्युज

काठमाडौं । चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएको भेटवार्तामा उक्त जानकारी दिएका हुन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल-चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भयो । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गरेका छन् ।

गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटमा उपमन्त्री जुनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपालको भूमिबाट हुने चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.