नबिल बैंकद्धारा आयोजित रक्तदान कार्यक्रममा २०४ जनाले गरे रक्तदान

  २०७५ असार ३२ गते १७:५१     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले गत शनिबार आफ्नो प्रधान कार्यालय, हेटौँडा तथा महेन्द्रनगर शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा २०४ जना बैकंका कर्मचारीहरुका सँथै ग्रँहकहरुबाट समेत रक्तदान गरिएको थियो । रक्तदाताहरुलाई नबिल बैंकबाट सामाजिक कार्यक्रममा उत्कृष्ट योगदान गरेकोमा धन्यवादका साथै कदर पत्र प्रदान गरिएको थियो ।

नेपाल रेड क्रस सोसाईटी सघंले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंसा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.