सानिमा बैंक र पानस रेमिटबीच विप्रेषण सम्झौता

  २०७५ असार ३२ गते १६:५०     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेड र पानस रेमिट प्रालीबीच पानस रेमिट मार्फत आउने विप्रेषण रकम नेपालमा बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ। सम्झौतामा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र पानस रेमिटको तर्फबाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेलले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार पानस रेमिट मार्फत यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल पठाएको विप्रेषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले सानिमा बैंकको सम्पूर्ण शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन्। पानस रेमिट विगत नौ वर्ष देखि यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल रेमिट्यान्स भित्र्याई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.