गणितमा विद्यावारिधी गर्नेलाई ४ लाख राशीको पुरस्कार वितरण

  २०७५ असार ३२ गते १६:३७     विकासन्युज

काठमाडौँ । नेपाल गणित समाजले नेपालको विश्वविद्यालयहरुमा गणित विषयमा विद्यावारिधि गरिरहेका विभिन्न १६ जना विद्यार्थीलाई ४ लाख रुपैयाँ एनएमएपस फेलोसिप अवार्ड प्रदान गरेको छ । पुरस्कारको रकम निक सिमोन फाउन्डेशनले उपलव्ध गराएको थियो ।

असार ३१ गते गणित समाजद्वारा गणित केन्द्रिय विभाग र्कीतिपुरमा एक कार्यक्रमकको आयोजना गरी पुरस्कार रकम वितरण गरेको हो । कार्यक्रममा त्रिभुवन विश्वद्यिालयकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पुरस्कार प्रदान गरिन । पुरस्कारले अनुसन्धानको लागि कोसेढुङ्गा साबित हुने पनि उनले बताइन ।

नेपाल गणित समाजले यसै बर्षबाट १६ जनालाई जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरेको छ ।नेपाल गणित समाजका सभापति प्रा.डा. टंकनाथ धमलाले भने नेपालमा गणित विषयमा अनुसन्धान गरि विद्यावारिधि गर्ने विद्यार्थीहरुको संख्या बढिरहेको बताए ।

निक सिमोन फाउनडेशनका संस्थापक जेम्स हरी सिमोन एक गणितज्ञ हुन । विश्वका अर्बपतिहरुको सुचिमा समेत सुचिकृत उनले आफना दिवंगत छोरा निक सिमोनको नाममा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो रकम सहयोग गर्दे आएका छन् ।

सिमोन फाउनडेशनको नाममा उनले विश्वमा गणित र विज्ञानको क्षेत्रमा उल्लेखनिय अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरुलाई प्रतेक बर्ष ठूलो रकम सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.