साउन २ र ३ गते व्यस्थापन तथा आईटीको शैक्षिक मेला

  २०७५ असार ३२ गते १०:४३     विकासन्युज

काठमाडौँ । नेपालको उत्कृष्ट शिक्षा भन्ने नाराको साथ साउन २ र ३ गते चौथो व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ । मेलामा पोखरा विश्वविद्यालयको ९ , त्रिभुवन विश्वविद्यालयको ६ , पूर्वाञ्चल विश्वविद्यालयको २, नेपाली विश्वविद्यालयका २ वटा, सिए र अन्य एउटा अध्यापन गराउने शैक्षिक संस्थाको सहभागिता रहने छ ।

उक्त शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएससी, सिएसआइटी, बिबिएस, बिएससी, सिएसआईटी, बिएलटी, बिआईएम, बिएचएम, बिबिआईएस, बिटिटिएम, बिएचटीएम, बिएसडब्लु, बिबिएस र बिबिए–बिआई लगाएतका शैक्षिक उपाधिहरु प्रधान गर्ने ३८ वटा शैक्षिक संस्थाहरु सहभागिता रहने छ । मेलामा ५५ वटा स्टलहरु संचालन हुने छ ।

पाठशाला एजुकेसन फाउण्डेसनका म्यानेजिङ डाइरेक्टरले भने नेपालमा नै व्यवस्थापन तथा आईटी तर्फ गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री नपालमा नै उपलब्ध भएको यस संस्थाले प्रमाणित गरिसकेको छ । नेपालमा विभिन्न देशका १०० जन विद्यार्थी नेपालमा अध्ययन गरिहेको बताए । मेला अन्नपूर्ण होटलमा हुने छ । दुई दिने मेलामा ७ हजार विद्यार्थीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.