सानिमा बैंकद्धारा ‘टिच फर नेपाल’ लाई १० लाख रुपैयाँ आर्थिक सहयोग

  २०७५ असार ३१ गते १४:३६     विकासन्युज

काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थालाई बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रममा उक्त चेक हस्तान्तरण गरिएको हो ।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका(भिजन) साथ टिच फर नेपाल विगत ५ वर्ष देखि यस क्षेत्रमा कार्यरत छ ।

यस बैंकले विगत ५ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । हालसम्म १८९ विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको छ । शिक्षा नै राष्ट्र निर्माणको मुल आधार हो भन्ने कुरालाई बैंकले मनन् गरि उक्त छात्रवृत्तिलाई निरन्तरता दिँदै आएको छ ।

सानिमा बैंकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम रहेका छन् । साथै, आषाढ मसान्त सम्ममा ७४ वटा शाखा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.