मंगलबारदेखि मोवाइलबाटै सेयरको कारोबार, युजरनेम र पासवर्ड लिन एक पटक ब्रोकर कार्यलय जानुपर्ने

  २०७५ असार ३० गते १४:४३     विकासन्युज

काठमाडौं । आउदो मंगलबार अर्थात साउन १ गतेदेखि अनलाइनमाफर्त सेयरको कारोबार हुने भएको छ । मंगलबारदेखि लगानीकर्ताले आफनो मोवाइलबाट सेयर खरिदबिक्रीको अर्डर गर्न सक्ने छन् । यस्तै घर र कार्यलयमा बसेर मोवाइलको अतिरित्त ल्यापटप र कम्प्युटरबाट पनि सेयर कारोबार गर्न सकिने छ ।

मंगलबारदेखि अनलाइनमार्फत सेयर कारोबार सुरु गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले आवश्यक पुर्वाधारको तयारी पुरा गरेको छ । यता ब्रोकर कम्पनीले पनि अनलाइन कारोबार सुरु गर्नका लागि तयारी गरेका छन् ।

अनलाइन सेयर कारोबारको तयारी पुरा भएको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । उनले अनलाइन कारोबार प्रणालीको युजर एस्पेक्टेन्सी टेस्ट हुन बाँकी रहेको जानकारी दिए । विस्तारै प्रयोगकर्ता अभ्यस्त हुने जाने भएकाले प्रणाली पुर्ण रुपमा सञ्चालमा आउन केही समय लाग्ने उनको भनाई छ ।

सेयरको कारोबारको डेटा राख्नको लागि एक्सेस वल्र्ड टेक्नोलोजी र सिल्भर लाइनिङले सर्भर उपलब्ध गराउने पराजुलीले बताए । उनकाअनुसार ब्रोकरले आइटीको पूर्वाधार नबनाउने र यी दुबै सेवा प्रदायकले प्रदान गरेको सर्भरमा ब्रोकरले क्लाउड बेस्डमा डेटा होस्टिङ गर्नेछन् ।

अनलाइन कारोबार गर्न लगानीकर्ताले युजर र पासवर्ड लिन एक दिन ब्रोकर कार्यलय धाउनु पर्ने पराजुली बताउछन् । “ब्रोकरबाट लिएपछि कार्यलय, घरमा बसेर मोवाइल र ल्यापटमार्फत सेयर खरिदबिक्रीको अर्डर गर्न सकिने छ” उनले भने । युजरनेम र पासवर्ड नलिइ अनलाइन सेयर कारोबार गर्न पाइन्दैन् ।

लामो कसरतपछि नेप्सेले अनलाइन सेयर कारोबार सुरु गर्न लागेको हो । लगानीकर्ताले पहिलादेखि नै सेयर कारोबार माग गर्दै आएका थिए । अनलाइन कारोबार सुरु भएपछि सेयर किन्न र बेच्न लगानीकर्ता ब्रोकर कार्यलय जानु पर्दैन् । यसबाट समयको वचत हुने छ ।

अनलाइन सेयर कारोबारका अतिरित्त धितोपत्र बोर्डले साउन १ गतेदेखि नै नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली र सुचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धित निर्दे्शिका पनि लागु गर्दै छ । यस्तै लागानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.