सलमान खानकाे नाममा ठगि गर्ने सिमान्त गुरूङ पक्राउ परे, कसरी पाउँछ गाेर्खा ब्रुअरीले उन्मुक्ति ?

  २०७५ असार २९ गते १९:५७     विकासन्युज

काठमाडौं . टुबाेर्ग वियरकाे बजारीकरण गर्ने उदेश्यले भारतीय फिल्म स्टार सलमान खानलगायतका कलाकारहरुलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणबाट ठूलो रकम असुलेका सिमान्त गुरुङ पक्राउ परेका छन् ।

गाेर्खा ब्रुअरीकाे याेजनामा तयारी गरिएकाे उक्त इभन्ट भने गुरुङकाे स्वामित्वमा रहेकाे ओडीसी इन्टरटेनमेन्ट प्रालि रहेकाे थियाे ।

टुबाेर्ग वियरमा मस्त भएर टुडिखेलमा भारतीय स्टारसँग नाच्न पाइने भन्दै कम्पनीले सर्बसाधारणसँग करिब ४ करोड रुपैयाँ रकम उठाएको थियो ।

सार्वजनिक स्थलमा मदिराकाे प्रवर्द्धन गर्न नहुने र मदिराकाे बजारीकरण गर्न विदेशी कलाकार निम्त्याएर नेपालीसँग लुट मच्चाइएकाे भन्दै विकासन्युजले लगातार समाचार प्रकाशित गरेकाे थियाे ।

भूकम्पमा सहानुभूति समेत नदिने सलमान खान रक्सीको प्रमोशन गर्न नेपाल आउँदै, टिकटको मूल्य १० हजारसम्म

मदिराको बजारीकरण गर्ने सलमान खानको कन्सर्ट रद्द, प्रतिव्यक्ति रू २०००० मा बेचिएको टिकट के हुन्छ ?

सलमान खानको नाममा गोर्खा बुअरीले बेचेको टिकटको पैसा फिर्ता गर्नु पर्ने, कति पैसा उठायो ? कम्पनीले जवाफ दिन मानेन

सञ्चार माध्यम र सामाजिक सञ्जालमा खुब विराेध भएपछि सरलमान खानले नेपाल भ्रमण रद्द गरेका थिए । खानकाे भ्रमण रद्द भएपछि कम्पनीले सर्वसाधारणलार्इ बेचेकाे रकम फिर्ता गरेको थिएन ।

सलमानलाई नेपाल ल्याउने मिति पटक–पटक सार्ने तर रकम फिर्ता नदिने गर्दै आएपछि कम्पनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमखु धीरजप्रताप सिंहका अनुसार गुरुङलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको छ । तर पर्दा पछाडिकाे अायाेजक र पर्दा अगाडिकाे गाेर्खा ब्रुअरीका मालिकहरुलार्इ प्रहरीले छाेएकाे छैन ।

k\x/Ln] गुरुङविरुद्ध ठगी मुद्दा अघि बढाएको जनाएको छ । विवादास्पद व्यवसायी राजेन्द्र खेतानकाे प्रभावमा प्रहरीले गाेर्खाे ब्रुअरीलार्इ उन्मुक्ति दिन सक्ने अनुमान धेरैले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.