नेपालको जस्तै भारतको पनि व्यापार घाटा बढदो, ६ महिनामा १६ अर्ब ६० करोड डलर

  २०७५ असार २९ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपालको जस्तै छिमेकी भारतको पनि व्यापार घाटा बढ्दै गएको छ । गत जुनमा भारतमा ५ वर्षको अवधिमा सबैभन्दा बढी व्यापार घाटा भएको छ ।

व्यापार घाटा फराकिलो हुदै गएको त्यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ । पेट्रोलियम पदार्थ आयात ५६.६१ प्रतिशत बढेर १२ अर्ब ७३ करोड डलर पुगेपछि व्यापार घाटा चुलिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार गत जुनसम्म व्यापारघाटा बढेर १६ अर्ब ६० करोड डलर पुगेको छ । गत मे महिनामा व्यापार घाटा १४ अर्ब ६२ करोड डलर थियो । व्यापार घाटा बढेपनि वस्तु निर्यात १७.५७ प्रतिशत बढेको फाइनान्सियल एक्सप्रेसले अनलाई संस्करणमा उल्लेख गरेको छ ।
वस्तु आयात २१.३१ प्रतिशत बढेर ४४ अर्ब ३० करोड डलर पुगेको छ । यस्तै सुन आयात २.८ प्रतिशत बढेर २ अर्ब ३९ करोड डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.