नेपाल बंगलादेश बैंकले शुरु गर्यो शैक्षिक अभियान, टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग

  २०७५ असार २८ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले संयुक्त रूपमा सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान शुरू गरेको छ । बैंकले टिच फर नेपालसँग सहकार्य गरी उक्त अभियान शुरु गरेको हो ।

टिच फर नेपालले वि.सं. २०७१ सालदखि सिन्धुपाल्चोक जिल्लाबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षालाई सबल बनाउने उद्धेश्यले उक्त अभियान शुरु गर्दै अाएकाे छ । उक्त अभियानबाट हालसम्म २०० जनाभन्दा बढी प्रज्ञार्थी (फेलो) हरू सरिक भई सार्वजनिक विद्यालयहरूमा शिक्षण गराई सकेका छन् । हाल ६ वटा जिल्लाका ५१ वटा सार्वजनिक विद्यालयहरूमा १११ प्रज्ञार्थी (फेलो) हरूले ९ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा शिक्षण गराईरहेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस अभियानलाई निरन्तरता दिदैं ग्रामीण समुदायका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले स्वरुप बैंकले उक्त सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.