एनआईसी एशिया बैंक कञ्चनपुरको पुनर्वासमा

  २०७५ असार २७ गते २०:१८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ । पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले शाखाको उद्घाटन गरे ।

बैंकको २२६ शाखाकार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हो ।

बैंकको वासलातको आकार १ खर्ब ७८अर्ब भन्दा पुगेको छ । बैंकको निक्षेप बढेर १ खर्ब ५१ अर्ब पुगेको छ । यस्तै कर्जा लगानी १ खर्ब २० अर्ब रुपैयाँ पुगको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.