आँखुखोला जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

२०७५ असार २७ गते १९:४४ विकासन्युज

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

यसमध्ये १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आयोजना प्रभावित स्थानीयबासिन्दा आईपीओ निष्कासन हुने छ । यस्तै १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

आवेदन दिएको लामो समयपछि आँखुले आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले ९ मेगावाटका आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ ।

X