२०७५/२०७६ को मौद्रिक नीति सकारात्मक, ८५ अर्बसम्म सेयर कर्जा प्रवाह हुन्छ

  २०७५ असार २७ गते १८:२९     राजु पौडेल

काठमाडाैं । अाथिर्क वर्ष २०७५/२०७६ को मौद्रिक नीतिले मार्जिन कलको प्रतिशत नबढाएकोमा लगानीकर्ता आक्रोशित देखिए पनि अरु सबै सकारात्मक कुरा उल्लेख भएका छन् । सेयर बजार २० प्रतिशत घट्दा पनि मार्जिन कल नआउने राम्रो काम भएको छ । जब कि पहिला १० प्रतिशत बजार घटदा बैंकबाट मार्जिन कल आएर लगानीकर्ता पीडित थिए ।

सबै राम्रो कुरा लगानीकर्ताले बारम्बार माग गरेको बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने थियो, अाज त्यो माग पूरा भएको छ । बैंकले ब्रोकर लाइसेन्सको माग गरेमा सहायक कम्पनी खोली ब्रोकर लाइसेन्स दिने व्यवस्था गरिएको छ ।

यस्तै ब्याजदर अन्तर (स्प्रेड) दर ५ प्रतिशतबाट घटाएर ४.५ गरिएको छ । बैंक तथा लघुवित्त कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जोड दिने कुरा आएको छ । तरलता सहज पार्न क्यास रिजर्भ रेसियो मा सहजीकरण गरिएको छ । अबदेखि बैंक तथा वित्तीय संस्थाले सीआआर ४.५ प्रतिशत कायम गरे पुग्छ जबकी यसअघि बाणिज्य बैंकको ६.५ विकास बैंकको ५.५ र वित्त कम्पनीको ४.५ सीआरआर कायम गर्नुपर्ने व्यवस्था थियो ।

सीआरआरमा गरिएको कटौती बाट बैंक तथा वित्तीय संस्थामा ४८ अर्ब रुपैया तरलता प्रवाह हुनेछ । यसबाट ८५ अर्ब रुपैयाँसम्म सेयर कर्जा प्रवाह गर्न सकिने छ । बाणिज्य बैंकहरुले ५० करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गर्दा क्रेडिट रेटिङ गर्नु राम्राे हाे ।

यस्ता धेरै सकारात्मक कुराहरु आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा आएको छ । समग्रमा मौद्रिक नीति सेयर बजार अनुकुल आएको मेरो ठम्माइ छ । (पाैडेल सेयर बजारका एक लगानीकर्ता हुन् ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.