शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिँदा ५ प्रतिशत ब्याज अनुदान, लिने हैन ?

  २०७५ असार २७ गते १८:०५     विकासन्युज

काठमाडौं । शैक्षिक प्रमाणपत्रको धितोमा प्रदान गरिने कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिइने भएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आगामी वर्षको मौद्रिक नीतिमा शैक्षिक प्रमाणपत्रका आधारमा दिने कर्जामा ब्याज अनुदानको व्यवस्था गरेको हो ।

सरकारले ल्याएको बजेटमा उद्यमशिलताको विकास गर्नका लागि शिक्षित युवालाई उसको शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिने व्यवस्था ल्याएको थियो । सोही व्यवस्थालाई कार्यन्वयन गर्न केन्द्रीय बैंकले ब्याज अनुदानको व्यवस्था गरेको हो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा प्राप्त हुने ऋणमा बीमा शुल्क, कर्जा सुरक्षण शुल्क र ब्याज अनुदान पनि सरकारले उपलब्ध गराउने भएको छ । आगामी १५ दिन भित्रै तयार हुने कार्य्विधिमा परियोजनाको बीमा शुल्क, कर्जा सुरक्षणको दायित्व र ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले ऋणीको व्यवसायको बीमा गर्ने, ऋणको संरक्षण गर्ने र ब्याज अनुदान दिने योजना बनाएको हो । शैक्षिक कर्जा, प्रमाणपत्र धितो राखेर पाइने कर्जा, विदेशबाट फर्केर आएकाहरुलाई उद्यमशिल बनाउन उपलब्ध गराइने कर्जाहरुको कार्य्विधि बनिरहेको छ ।

बैंकबाट १० प्रतिशत ब्याजमा ऋण लिएर बाख्रा पाल्ने र ५ प्रतिशत ब्याजमा ऋण लिएर बाख्रा पाल्नेहरुका बिचको प्रतिष्पर्धा हुनेछ । यसले शैक्षिक प्रमाणपत्र धितो राखेर लिने ऋणलाई प्रतिष्पर्धामा सहज हुनेछ । ऋणको संरक्षण र बीमा र ब्याज अनुदान सरकारले दिने हो । डिग्री पास गरेका कमजोर आर्थिक अवस्था भएका युवाहरुले मात्रै त्यस्तो ऋण पाउने छन् ।

यस्तै आर्थिक रुपमा विपन्न, सीमान्तीकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि उपलब्ध गराइने कर्जा र दलित समुदायलाई व्यवसाय गर्न सामूहिक जमानीमा उपलब्ध गराइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । नेपाल सरकारले यी कर्जाहरुमा ५ प्रतिशत ब्याज अनुुदान दिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.