राष्ट्र बैंकले अब सहकारी संस्थाको नियमन नगर्ने

  २०७५ असार २७ गते १७:४५     विकासन्युज

काठमाडौं । सहकारी संस्थाको नियमन नेपाल राष्ट्र बैंकले नगर्ने भएको छ । केन्द्रीय बैंकले साउन १ गतेदेखि सिमित बैंकिङ करोबार गर्न अनुमति दिएका एक दर्जन सहकारी संस्थाको नियमन र सुपरीवेक्षणको काम नगर्ने भएको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सहकारी संस्थाको नियमन नगर्ने जानकारी गराएको हो । सीमित बैकिङ्ग कारोबार गर्न अनुमति प्राप्त सहकारी संस्थाहरुलाई २०७५ साउन १ गतेदेखि नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइने मौद्रिक नीतिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.