चम्पक गुरुङको शब्द, स्वरुपराज आचार्य र जुनु रिजालको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक

  २०७५ असार २७ गते १४:०३     विकासन्युज

काठमाडाैं । चम्पक गुरुङको शब्द ,स्वरुपराज आचार्य र जुनु रिजालको स्वरमा नयाँ गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियो रामेछापका प्रतिनिधीसभा सदस्य श्यामकुमार श्रेष्ठले सार्वजनिक गरेका छन् । गीतमा रामेछापलाई जन्म भुमीको रुपमा चिनाइएको छ ।

गीतमा नेपालको भौगोलिक अवस्थासगै रामेछापका विभिन्न पर्यटकीय स्थललाई समेटिएको छ । मेरो प्यारो रामेछाप ’ टाइटलको यो गीतमा नेपाललाई सुन्दरताको देशको रुपमा चिनाइएको छ ।

नेपालमा राम्रा ठाउँ हुँदाहुँदै घुम्नका हंङकङ, सिंगापुर लगायतका विदेशमा जाने गरेको भन्दै नेपालमै टूर गर्न सुझाव दिइएको छ ।
मध्य पहाडी लोकमार्गको परिकल्पना, जलविद्युत निर्माण, आन्तरिक पर्यटन प्रबद्धृन, युवालाई स्वदेशमै रोजगारी दिएर नेपाललाई समृद्ध बनाउनु पर्ने सुझाव गीतबाट दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.