बेल्जियमलाई कसरी हराउनु पर्छ, त्यो मलाई राम्ररी थाहा छ: केलियन एम्बाप्पे

  २०७५ असार २६ गते १८:५४     विकासन्युज

काठमाडौं । सनसनी पुर्ण अर्जेन्टिनालाई २ गोल गर्दै फ्रान्सलाई अघि बढाएका युवा स्ट्रार केलियन एम्बाप्पेले आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन् ।

इंग्लिस अनलाइन गोल डटकमलाई अन्र्तवार्ता दिदैं एम्बाप्पेले भने-‘मैले खेलबाट धेरै कुरा सिक्नु पर्नेछ । म कति महत्वपुर्ण छु त्यो टिमले महसुस गर्दै आएको छ । आज म जिवनको सबैभन्दा ठूलो प्रतिस्पर्धामा उत्रिदैं छु, यसमा कसरी खेल्नु पर्छ त्यो मलाई राम्ररी थाहा छ । मलाई आशा छ सबै कुरा राम्रै हुनेछ ।’

सबैको आखा एम्बाप्पे माथि

ऐम्बाम्पे धेरै क्षमतावन युवा खेलाडी भएको बेल्जियमका डिफेन्डर नासिर चाड्लीले बताएका हुन् । उनी यस्ता खेलाडी हुन् जसलाई रोक्न धेरै गार्हो पर्नेछ । उनले यो उमेरमा यस्तो खेल देखाइरहेका छन् यो उमेरमा लियोनल मेसी पछि ऐम्बाप्पेले खेल देखाइरहेका छन् ।

एम्बाप्पेले सानो ठाउँबाटै बल खेलाउन सक्ने बालासी माटुडीले बताएका छन् । एम्बाप्पेकै समकक्षी समेत रहेका माटुडीले भने-‘उनी यति चलाख छन् कि कति बेला बल माग्ने कति बेला विपक्षीलाई मार्क गर्ने सबै चलाखीपन उनमा रहेको छ । उनले समग्र खेलको भावनालाई परिवर्तन गर्न सक्छन् ।’

एम्बाप्पेमा असिमित क्षमता रहेको फ्लोरिन थाउभानले बताएका छन् । फ्रान्सका खेलाडी समेत रहेका थाउभानले भने-‘उनको क्षमताले हाम्रा सर्मकलाई असिमित खुशि दिनेछ ।’

यसै गरी मिडफिल्ड ग्रीजम्यानले भने-‘पहिलो पटक देख्दैछु, म तिमीलाई हेर्छु मन पराउछु, अनि भन्छु कस्तो खेल देखाइदियौ बेइमान ?’
एम्बाप्पे सन् १९९८ देखि नकआउट चरणमा एकै खेलमा दुई गोल गर्ने पहिला खेलाडी हुन् ।

नेपाली समय अनुसार विश्वकप राती ११ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

फाइनल पुग्ने को

दुई युरोपियन मुलक बेल्जियम र फ्रान्स एक अर्का विरुद्ध मैदान उत्रिदाँ खेल कस्को पक्षमा जान्छ यो सबैको चासोको विषय बनेको छ । दुबै देशका खेलाडीहरु उच्च फर्मममा रहेका छन् ।

गोलरक्षक
तुलनात्मक रुपमा बेल्जियमका गोलकिप्पर निकोसल कोर्टियस् विश्वकपमा निकै सफल देखिएका छन् । निर्णायक मानिएको ब्राजिलसँगको खेलमा उनले २७ पटकको प्रहारमा २६ पटक रोक्न सफल भएका थिए ।

डिफेन्स
फ्रान्सका सामुयल उमटीटी र कान्टेलाई प्रमुख रुपमा डिफेन्डरको रुपमा हेरिएको छ । बेल्जियमका भिसेन्ट कम्पनीको आगमनले पनि फ्रान्सलाई थप चनौति थपिने छ ।

मिडफिल्ड

फ्रान्सका ग्रीजम्यानले उरुग्वेलाई हराउदा मुख्य खेलाडी रहेका थिए । उनलाई थप साथ पाउल पोग्बाले दिनेछन् । उता बेल्जयका हाजार्ड र डि ब्रुनेको पनि जोडी चलिरहेको छ ।

स्ट्राइकर

तुलनात्मक रुपमा फ्रेन्च स्ट्राइकर आक्रमक रहेका छन् । ओलिभर जिरोड, एम्बाप्पे, डेम्बेले र ग्रीजम्यानको आक्रमण रोक्न बेल्यिमलाई हम्मेहम्मे पर्नेछ ।

बेल्जियमले आफ्ना भएका सबै स्ट्रार खेलाडीहरुलाई एकै पटक मैदान उतारी रहेको छ । यसले बेल्जियमलाई थप चुनौती थपिनेछ । यरो कपको फाइनलको अनुभव लिएको फ्रान्ससँग बेल्जियम गर या मरको स्थितिमा मैदानमा उत्रिनेछ । फ्रान्सले बल पोजिसन राम्रो बनाएको खण्डमा बेल्जियमलाई काउन्टर आक्रमण गर्न सजिलो हुनेछ ।

यदि बेल्जियमका गोलपिरकप्परले उत्कृष्ट प्रर्दशन गर्न नसकेको खण्डमा फ्रान्सले सहज जित निकाल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.