एनआईसी एशिया बैंकको २ नयाँ शाखा डडेल्धुरा र डोटीमा

  २०७५ असार २६ गते १८:०५     विकासन्युज

काठामाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा डडेल्धुरा र डोटीमा विस्तार गरेको छ । बैंकले मंगलबार डडेल्धुराको अमरगढी र डोटीको दिपायल सिलगढी कार्यालयदेखि कारोबार शुरु गरेको हो ।

डडेल्धुरा शाखाको उद्घाटन अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा र डोटीको शाखाको उद्घाटन दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले गरेका हुन् ।

बैंकले २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.