प्रभु बैंकको थप शाखा मनाङ र मुस्ताङमा

  २०७५ असार २६ गते १३:२०     विकासन्युज

काठमाडौं । प्रभु बैंकले शाखा कार्यालय विस्तार गर्ने क्रममा मनाङ र मुस्ताङमा थप नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले मनाङको धारापानीमा नाशोङ शाखा र मुस्ताङको कोबाङमा थासाङ शाखा कार्यालय विस्तार गरी संचालनमा ल्याएकाे हाे ।

उक्त नाशोङ शाखाको उद्घाटन सोही गाउँपालिका अध्यक्ष चन्द्र घलेले गरेका छन् भने थासाङ शाखाको उद्घाटन सोही गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले गरेका हुन् ।

यस दुर्इ नयाँ शाखा कार्यालयबाट ग्राहकहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंककाे विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.