एशियन पेन्टस् नेपालद्धारा मेलामा इनको १३ जना विजेता घोषित

  २०७५ असार २५ गते १९:१८     विकासन्युज

काठमाडौं । एशियन पेन्टस् नेपालले आफ्ना मेलामा इन ग्राहकहरुको लागी लक्की ड्र आयोजनाको १३ जना ग्राहक विजेता घोषणा गरेको छ । । सो कार्यक्रम गत असार १३ गते ग्राहक, डिलर र कर्मचारीहरु माझ सम्पन्न भएको थियो ।

यस पेन्टसले ग्राहकलाई भित्ता र काठको सतहमा रंङ्गरोगन र सजावट सम्वन्धी उत्कृष्ट समाधान दिलाउनुमा विश्वास गर्दछ । एशियन पेन्टस मेलामा इन काठको सतहलाई बचाउन र सजाउन विषेश तरिकाले बनाइएको क्लियर कोटिङ्ग हो । यसमा लोकल पलिशको तुलनामा उच्च टिकाउपन, राम्रो दागप्रतिरोधक क्षमता, राम्रो चमक स्तर र राम्रो कडापन छ ।

कम्तिमा २ लिटर एशिएन पेन्टस मेलामा इनको खरिद र आवेदन सहभागिता जनाउने न्युनतम मापदण्ड थियो । काठमाडौं देखीदाङ्ग, धनगढिसम्म रहेका बिजेताहरु देशका विभिन्न ठाँउबाट चुनिएका थिए ।

कम्पनीले घोषित विजेताहरुलाई खबर गर्दै उपहारहरु सम्वन्धित स्थानहरुमा कम्पनीका प्रतिनिधिहरुद्धारा बितरण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.