नेप्सेको सीईओमा रमेश अर्याल नियुक्त, अध्यक्ष न्यौपाने समक्ष शपथ ग्रहण

  २०७५ असार २५ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)काे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश अर्याल नियुक्त भएका छन् । सरकारले अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी दिएकाे हाे ।

नवनियुक्त सीईओ अर्यालले आज(सोमबार) आफ्नो पद बहाली गरेका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ गराएका थिए।

शपथ ग्रहणपछि प्रमुख अर्यालले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य एवं धितोपत्र दलाललगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध मुलुकको आवश्यकताअनुसार पूँजी बजारको विकास, लगानीकर्ताको, स्टक एक्सचेञ्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेप्सेका सीईओ चन्द्रसिंह साउद निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्त गरिएका कारण सरकारको निर्णयपछि हटेका हुन् । यही असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सीईओ साउदको नियुक्ति समेत खारेज गरिदिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.