खुला विश्वविद्यालयमा व्याच्लर र मास्टर पढ्न दुई लाख शुल्क

  २०७५ असार २५ गते १५:५५     विकासन्युज

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ शुरु गर्न लागेको छ । विश्वविद्यालयले एमबीए, एमएसडीएमजी, एलएलबी र बीबीएस विषयको शुल्क तोकेको छ । विश्वविद्यालयका ईलनिङ्गं तथा सूचना प्रविधि विज्ञ पदमराज पन्तले भने बीबीएस पढ्नका लागि जुनसुकै संकायमा प्लस टु गरेकाले पनि पढ्न पाँउने छन् । बीबीएसको भर्ना शुल्क २ हजार, पुस्तकालय शुल्क १ हजार ५०० र एक वर्षको मासिक शुल्क १५ हजार तोकेको छ । बीबीएस ३ वर्षे कोर्षको लागि ४५ हजार रुपैयाँ लाग्ने छ ।

एमएसडीएमजी (एमएस इन डेभलोमेन्ट म्यानेजमेन्ट एण्ड गर्भनेन्स) विषय नेपालका लागि नयाँ विषय हो । एमएसडीएमजीको लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटको ४ हजार तोकेको छ । अध्यापन शुल्क एक वर्षमा ६० हजार लाग्ने छ ।

एमएसडीएमजीको २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम हो । यो २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम पढ्नका लागि २ लाख ५० हजार रुपैयाँ लाग्ने छ ।

एमबीए पढ्नका लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटको ४ हजार रुपैयाँ तोकिएको छ । अध्यापन शुल्क एक वर्षको लागि ६० हजार रुपैयाँ तोकेको छ । एमबीए २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम हो । यो कार्यक्रम पुरा गर्न २ लाख ५० हजार लाग्ने छ ।

एलएलबी पढ्नका लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटमा २ हजार तोकेको छ । एलएलबी पढ्न एक वर्षको लागि ६० हजार तोकेको छ । एलएलबी ३ वर्षे वार्षिक स्नातक कार्यक्रम हो । यो कार्यक्रम पुरा गर्न १ लाख ८० लाग्ने पन्तले बताए ।

एमबीए र एमएसडीएमजी भर्ना साउन ३१ गतेसम्म तोकेको छ । बीबीएसको साउन १५ गतेसम्म तोकेको छ । एलएलबीको भने अर्काे सूचना निकालिने प्रा. डा. लेखनाथ शर्माले बताए । एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा साउन १९ गते बिहान ८ः३० बजे काठमाडौं, पोखरा, वीरगञ्ज, इटहरी र कोहलपुरमा हुने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले यस अघि लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गरिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.