घरको वास्तुशास्त्र, इन्टेरियर डिजाइन, फर्निचर कस्तो राख्ने सबै कुरा जान्न भदौ १४ गते भृकुटीमण्डप आउनुस्

  २०७५ असार २४ गते १५:२०     विकासन्युज

काठमाडौं । घरको वास्तुशास्त्र र नेपालमा पाइने सबै प्रकारको फर्निचरको बारेमा जानकारी एकै ठाउँमा दिने उदेश्यले भदौ १४ गतेदेखि फर्निसिङ एक्स्पो हुने भएको छ । नयाँ तथा पुराना घरलाई आवश्यक पर्ने विभिन्न फर्निचरको बारेमा जानकरी दिन नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंले मेलको आयोजना गर्न लागेको हो ।

मेलामा ५० भन्दा बढी स्टलहरु रहने महासंघका अध्यक्ष राजेश अग्रवालले बताए । एउटै छानामुनी सबै प्रकारका फर्निचरहरुको खरिद तथा अवलोकन गर्न पाउने भएकाले यस मेलाले विशेष महत्व राख्ने अध्यक्ष अग्रवालले बताए । उनले भने-‘हाम्रो मेलामा घरलाई बास्तुशास्त्र अनुसार कसरी शुभ राख्ने, कुन फर्निचर उपयोग गर्ने, कस्तो कलर लगाउने, इन्टेरियर डिजाइनदेखि नेपाली मौलिक कलाकृतिको फर्निचरको प्रर्दशनी हुन्छ ।’

मेलामा अफिस फर्निचर, किचन बेडरुम, आउटडोर पर्निचर, इन्टेरियर डिजाईनर, कार्पेट मार्बल र रंग लगायत सामाग्रीहरु प्रर्दशन गरिनेछ । नेपाल सहित भारत, पास्तिान र श्रीलङकाका व्यवसायीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । ५ दिनसम्म चल्ने मेलामा प्रवेश शुल्क ५० रुपैंया तोकिएकको छ । संस्थागत र विद्यार्थीहरुलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

हाल नेपालमा ६० प्रतिशत विदेशबाट आयत र ४० प्रतिशत नेपाली पर्निचरको कारोबार भैरहेको छ । नेपालमा वार्षिक ३० अर्ब रुपैंया बराबरको फर्निचर व्यवसाय हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.