भारतमा अत्याधिक रुचाइएको बिरा९१ बियर अब नेपाली बजारमा, मूल्य ३३० रुपैयाँ मात्रै

  २०७५ असार २१ गते १८:०५     विकासन्युज

काठमाडौं । भारतमा अत्याधिक रुचाइएको बिरा९१ बियर ब्राण्ड अब नेपालको बजारमा भित्रिएको छ । नेपाली बजारमा बिरा९१ का ३ स्वादहरु बिरा९१ ह्वाइट, बिरा९१ ब्लण्ड र बिरा९१स्ट्रङ उपलब्ध हुनेछन् ।

बि९वेभरेज प्रालिले नेपाली बजारमा यी ३ विभिन्न बियरहरु वितरण गर्नका लागि ग्लोबल ट्रेडिङ कन्सर्नसँग सहकार्य गरेको छ । यी सबै वियरहरु ३३० मिलिको बोतलहरुमा उपलब्ध हुनेछन् भने यसको बजार मुल्य ३३० रुपैयाँ कायमगरिएको छ ।

भारत र संयुक्त राज्य अमेरिकामा पाएको अत्याधिक सफलतालाई दृष्टिगत गर्दै थप ५ वटा नयाँ बजारहरुः संयुक्त अधिराज्य, सिंगापुर, हङकङ, थाइल्याण्ड र युएईमा पनि वितरण कार्यको थालनी गर्ने योजना बिरा९१ले अघि सारेको छ । सन् २०१५ मा स्थापनाभएको बिरा९१ले स्थापनाको छोटो समयमा नै आफ्नो अद्भूत स्वाद र आनन्ददायक ब्राण्डिङको कारण बियर प्रेमीहरुको मन मस्तिष्कमा पकड जमाउन सफल भएको थियो ।

बिरा९१ले भारतमा वर्षेनी ८०० प्रतिशतको वृद्धिदर हासिल गरिरहेको छ । स्थापनाको ३ वर्षमा नै यसको बिक्री बढेर ३०० करोड केस भन्दा बढी पुगिसकेको छ ।

बि९ वेभरेज प्रा.लि.का निर्यात निर्देशक अँसुल अग्रवालले विश्वलाई बियरका अरु धेरै स्वादहरु चखाउने चाहना स्वरुप उक्त वियर नेपालमा बिक्री गर्न लागेको बताएका छन् ।

ग्लोबल ट्रेडिङ कन्सर्न प्रालिका निर्देशक आदित्य अग्रवालले भने, “बिरा९१ एक त्यस्तो अविश्वसनीय ब्राण्ड हो, जो बजारमा आएको कम समयमा नै भारतमा अत्याधिक रुचाइएको र तीव्र गतिमा वृद्धि भएको ब्राण्डको रुपमा स्थापित हुन सक्षम भएको छ । बिरा९१मा घनीभूत एवं सन्तुलित स्वाद पाइन्छ भनें यसको हरेक चुस्किमा पूराका पूरा मस्त अनुभव प्राप्त हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.