बाली तथा पशुपन्छी बीमामा उल्लेख्य योगदान गर्ने ३ बीमा कम्पनी सम्मानित

  २०७५ असार २० गते १८:२०     विकासन्युज

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ३ वटा बीमा कम्पनीलाई सम्मान गरेको छ । बाली तथा पशुपन्छी बीमा कार्यक्रम कार्यान्वयनमा उल्लेख्य योगदान गरे वापत ३ वटा निर्जिवन बीमा कम्पनीलाई सम्मान गरेको हो ।

कृषि मन्त्री चक्रपाणी खनालले एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेका हुन् ।
एनएलजीले सर्वाेत्कृष्ठ कम्पनीको सम्मान पाएको हो भने सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ठ कम्पनीको सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्न एनएलजी इन्स्योरेन्सका कामु सिइओ सुनिल वल्लब पन्त, सिद्धार्थ इन्स्योरेन्सका सिइओ बिरेन्द्र वैद्यवार र लुम्बिनी जनरल इन्स्योरेन्सका सिईओ नुर प्रकाश प्रधान कृषि विभाग पुगेका थिए ।

सरकारले बाली तथा पशुपन्छी बीमा कार्यक्रमका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । ठूलो मात्रामा बीमा गराएको तथा समयमै दावी भुक्तानी गराएको भन्दै सम्मानित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.