माछापुच्छ्रे बैंक र हङकङको एसएमए ईन्टरनेशनलबीच रेमिट्यान्स सम्झौता

  २०७५ असार २० गते १८:०४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र हङकङ स्थित एसएमए ईन्टरनेशनलबीच रेमिट्यान्स सेवा सम्झौता भएको छ । ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए ईन्टरनेशनलद्धारा सञ्चालित वर्करएप्जबाट लिन सक्नेछन् । वर्करएप्ज एउटा वेब र मोबाईल एप्प बेसड पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।

वर्करएप्जका संस्थापक तथा सीइओ प्रबिन चन्दिरामनिले यस सहकार्यबाट देश विदेशमा रहेका ग्राहकहरु लाभान्वितका साथै मानिसहरुको जीवनस्तर उकास्न समेत मद्दत पुग्ने बताएका छन् ।

यो सम्झौतासँगै यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् । साथै, रेमिट मार्फत स्वदेशमा पठाएको रकम यस बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.