७ सय मिलियन डलर भ्रष्ट्राचार गरेको आरोपमा मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ

  २०७५ असार १९ गते १५:२९     विकासन्युज

काठमाडौं । मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव राजक पक्राउ परेका छन् । राजकले प्रधानमन्त्री रहँदा ७ सय मिलियन भन्दा बढी डलर भ्रष्ट्राचार गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् ।

उनले राज्य विकास कोष १एमडीबी मार्फत सो रकम हिनामिना गरेको बिबिसीले जनाएको छ । उनले खराब काम गरेपछि चुनावमा समेत हार बेहोरेका थिए ।

राजकले चुनाव हारेपछि नै उनीमाथी अनुसन्धान निकायले सतर्कता बढाएको थियो । उनलाई मलेसियाका प्रहरीले घरैबाट पक्राउ गरेको उनको परिवारिक श्रोतले बताएको छ । राजक प्रधानमन्त्रीमा नियुक्त भएपछि नै भ्रष्ट्रचारमा लिप्त रहेको मलेसियन अनुसन्धान निकायले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.