सिटिजन्स बैंकका ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट

  २०७५ असार १९ गते १३:१०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले सानेपाको स्टार हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । उक्त सेवामा छुट दिने सम्बन्धी मंगलबार दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

हाल बैंकले ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.