गार्इ पाल्ने राजेन्द्रराज पन्त बने सर्वोत्कृष्ट कृषक, पाउने भए २ लाख रुपैयाँ

  २०७५ असार १८ गते १३:३७     विकासन्युज

काठमाडौं । सरकारले यस आर्थिक वर्ष २०७४/७५ को सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार राजेन्द्रराज पन्तलाई दिने घोषणा गरेको छ । गोरखा पालुङटार नगरपालिका वडा नं ७ का उनलाई गाई पालन विधामा उक्त राष्ट्रियपति सर्वोकृष्ट पुरस्कार वितरण तथा सम्मान गर्न लागेको हो ।  गाई पालक पन्तलाई पुरस्कार स्वरुप नगद २ लाख रुपैयाँ तथा प्रमाण पत्र लगायतले सम्मान् गरिने मन्त्रालयको भनाइ छ ।


त्यस्तै भरतपुर महानरनगरपालिका चितवनका योगेन्द्रबहादुर खड्कालाई बाख्रापालनमा, खजुरा गाँउपालिका बाँकेका लालबहादुर सुनुवारलाई च्याउ खेतीमा राष्ट्रियपति उत्कृष्ट कृषक पुरस्कार वितरण गर्ने सरकारले घोषणा गरेको छ ।

धनुषा ननुपट्टी गाँउपालिका बौएलाल मुखिया र कैलाली टिकारपुर नगरपालिकाका रामबहादुर कुँवरलाई क्रमशः माछा उत्पादन÷प्रजनन र केरा खेतीको लागि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण तथा सम्मान गर्ने भएको छ । उनीहरुलाई मन्त्रालयले नगद १ लाख रुपैयाँ तथा सम्मान् पत्र लगायतले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कृषकहरुको मनोबल उच्च राख्दै उनीहरुको योगदानलाई सम्मान गर्न तथा समग्र कृषि पेशालाई समाजनको आकर्षक एंव सम्मानित पेशाको रुपमा स्थापित गर्ने उद्देश्यले उक्त पुरस्कार प्रदान गरिन्दै आएको हो ।

०७१/७२ देखि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । पुरस्कार वितरण तथा सम्मान कार्यक्रम राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ (पहिलो संशोधन २०७२) अनुसार सञ्चालन हुँदै आएको छ ।

मन्त्रालयको अनुसार स्वीकृत कार्यविधि अनुसार राष्ट्रियस्तरको पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी जिल्लास्तरमा निवेदन गरिन्छ । संकलन गरिएको निवेदनलाई जिल्ल समितिबाट उत्कृष्ट कृषकहरु छनौट गरी क्षेत्रीय समितिमा सिफारिशसाथ पेश गरिन्छ । त्यसपश्चात क्षेत्रीय समितिबाट छनौट भएका उत्कृष्ट कृषकहरुमध्येबाट केन्द्रिय समितिले राष्ट्रियस्तरमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारको घोषणा गर्ने प्रक्रियागत व्यवस्था गरिएको छ ।

उक्त पुरस्कार बुधबार एक समारोहकोबीच मन्त्रालयलय अन्तगर्तको कृषि विभागस्थित हरिहर भवनमा वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.